राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक सुरु
फागुन, १ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ। आजको बैठकमा पार्टीको केन्द्रीय समिति विस्तार र अन्य समितिहरु गठनको एजेन्डा प्रस्तुत भएको रास्वपाले बताएको छ ।
पार्टी कार्यालय बसुन्धरामा सुरु भएको बैठकमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले छलफलका एजेण्डा पेस गरेका हुन्। उनका अनुसार रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्ने गरी आजको बैठकको एजेन्डा बनाइएका छन्।