उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र विदेश सचिव क्वात्राबीच भेटघाट
फागुन,२ काठमाडौं । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन्। दुईजनाको विषयमा ऊर्जा सहकार्यको विषयमा छलफल भएको भारतीय दूतावास स्रोतले बताएको छ ।
नेपालले अहिले ४५२.६ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिरहेको छ । विदेश सचिव क्वात्राले नेपालले यसरी विद्युत् निर्यात गरेकोमा खुसी व्यक्त गर्दै यसले भारतलाई बिजुली प्रदान गरेकोमा धन्यवाद दिएका छन् ।