Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

एयर इन्डियाले दियो एयरबस र बोइङबाट ४७० वटा जहाज किन्न अर्डर

भारतको एयर इन्डियाले ४७० वटा जहाज किन्न अर्डर दिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस र अमेरिकी कम्पनी बोइङसँग गरेको सम्झौताबारे मंगलबार जानकारी दिएको हो।

समाचारअनुसार एयर इन्डियाले बोइङसँग ३४ अर्ब डलर बराबरका २२० वटा जहाज किन्ने सम्झौता गरेको छ। तीमध्ये १९० वटा ७३७ म्याक्स मोडलका जहाज छन्। २० वटा ७८७ ड्रिमलाइनर्स र १० वटा ७७७ एक्स छन्।

बोइङको इतिहासमा पैसाको हिसाबले यो तेस्रो ठूलो बिक्री हुनेछ भने संख्याका हिसाबले दोस्रो ठूलो बिक्री हुनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै बोइङसँग एयर इन्डियाले गरेको सम्झौतालाई ऐतिहासिक भनेका छन्। यो सम्झौताले अमेरिकामा रोजगार सिर्जना गर्न भूमिका निर्वाह गर्ने र अर्थतन्त्रलाई सघाउ पुग्ने उनको विश्वास छ।

एयर इन्डियाले एयर बस कम्पनीसँग पनि २५० जहाज किन्ने सम्झौता गरेको छ। तीमध्ये ४० वटा वाइडबडी ए३५० र २१० वटा न्यारोबडी ए३२० निओ जहाज छन्।

एयरबसले जहाजको मूल्य खुलाएको छैन।
केही समय अघिसम्म भारत सरकारले चलाइरहेको एयर इन्डियालाई टाटा समूहले किनेको थियो। आफूले किनेपछि टाटा समूहले एयर इन्डियालाई भारतको नम्बर वान एयरलाइन्स बनाउने गरी अघि बढिरहेको छ।

अबको १५ वर्षपछि भारतमा थप २ हजार जहाजको आवश्यकता पर्न सक्ने बताइएको छ। भारतमा मध्यम वर्ग बढेसँगै हवाई यात्रु बढ्ने अनुमान छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com