Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

भारतमा रहेको बीबीसीको कार्यालयमा तीन दिनसम्म आयकर विभागको खानतलासी

भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ । भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा हिजो, अस्ति र गएको मङ्गलवार निरन्तर खानतलासी गरेका हुन् ।

यो विषयलाई बीबीसीले सकेसम्म चाँडो समाधान हुनुपर्नेमा जोड दिएको छ । साथै कुनै पनि डर त्रास वा कसैको पक्ष नलिइकन आफ्नो रिपोर्टिङ जारी रहने जनाएको छ ।

बीबीसीले बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही हप्तापछि बीबीसीको भारतमा रहेको कार्यालयमा आयकर विभागले खानतलासी गरेको हो । वृत्तचित्र सन् २००२ मा गुजरातमा भएका मुस्लिमविरोधी हिंसामा मोदीको भूमिकामा केन्द्रित छ । त्यसबेला मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com