राष्ट्रपतिबाट आम माफी पाएका २१ जना कैदी नख्खुबाट रिहा
फागुन,७ काठमाडौं । कारागार कार्यालय नख्खुबाट २३ जना कैदी रिहा भएका छन् । राष्ट्रपतिबाट आम माफी पाएका २१ जना कैदी नख्खुबाट छुटेका हुन् । आम माफी पाएका २३ मध्ये अधिकांश कैदी छुटेको नख्खु कारागारका जेलर बद्रीनाथ गैरेले जानकारि दिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएकाहरु कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा कैदीहरु नख्खुबाट छुटेका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् ।