Yeti Khabar

२०८१ मंसिर १८, मंगलवार - Tue Dec, 2024 -

राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर शनिबार पौडेलले उम्मेवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका लागि नवगठित गठबन्धनका नेताहरूसहित उनी नयाँ बानेश्वर पुगेका थिए।
शुक्रबार आठ दलबीच भएको सहमति अनुसार पौडेलको उम्मेदवारी परेको हो। उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ।

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान छन्। त्यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन्।

पौडेलभन्दा अघि एमालेका सुवास नेम्वाङले पनि उम्मेदवारी दर्ता गराएका छन्। नेम्वाङलाई एमालेले शनिबार बिहान नै राष्ट्रपति बनाउने निर्णय गरेको थियो।
नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक छन्। त्यस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के छन्।नेपाल लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com