नेकपा एमाले सरकारबाट बाहिरिने

फागुन,१५ काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।