आठ दलका शीर्ष नेताहरूको बैठक बस्दै
फागुन,२१ काठमाडौ । राष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार बनाए आठ दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार दिउँसो ४ बजे बैठक बस्न लागेको हो।
बैठकमा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
शीर्ष नेताहरूको बैठकमा नागरिक उन्मुक्ति पार्टी भने सहभागी नहुने भएको छ। उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलालीमा भएकाले बैठकमा सहभागी नहुने भएकी हुन्।