पुष्पकमल दाहाल र नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता
फागुन,२३ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता भएको छ । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ।
अदातलमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ।द्वन्द्वकालका मुद्दा अदालतमा लगिएको भन्दै हिजो माओवादी घटकका ८ दलले संयुक्त विज्ञप्ती जारी गर्दै संयुक्त रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।