राष्ट्रपतिका विषयमा निर्णय गर्न रास्वपाको बैठक बसुन्धारामा जारी
फगुन, २५ काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ । राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।
राष्ट्रपतिको चुनाव जारी रहेका बेला रास्वपाको बैठक बसेर निर्णय गर्न लागेको कार्कीले बताए । ‘हामीले बैठक बसेर निर्णय गर्दै छौं ।