Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

मातातीर्थ क्षेत्रका तस्बिर प्रदर्शनी हुँदै

काठमाडौँ ।प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरको प्रदर्शनी हुने भएको छ । आगामी चैत ३ गते शुक्रबार चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरी क्यानेडियन नागरिक लियो गौलेटले सन् १९७३ ताका सो क्षेत्रमा कैद गरेका तस्बिरको समावेश हुने छ ।
गौलेट पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुगेका ५० वर्ष पुगेको अवसर पारेर उनीसँगको अन्तक्रियात्मक कार्यक्रमसहित एकदिने फोटो प्रदर्शनी आयोजना गरिने कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिए ।

प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरसमेत समावेश हुनेछन् । तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापाका पालामा विसंं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्र पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताए ।

क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आएका थिए । प्रदर्शनीमा राखिने एक सय ७६ तस्बिरमध्ये ४२ तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ । पाँच दशकअघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष प्रल्हाद रिजालले बताए । प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिर सङ्कलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको हो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com