Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

माओवादीलाई बाहिर राखेर एमालेसँग कांग्रेसको सहकार्य हुँदैनः कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन्।
शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शन गर्दै उनले यस्तो स्वीकारेका हुन्।

उनले नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रूपमा सच्याएर अघि बढेको बताए। उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रूपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए।

उनले भने, ‘नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौं। तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो। दुर्भाग्यवश पुस १० गते एजेण्डाहरूमा सहमत भएका दलहरू पदको कारणले, मैले भन्नुपर्छ, गठबन्धन भत्कियो। त्यसै दिनदेखि पनि हामीले एजेण्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रूपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो र अन्ततोगत्वा यो परिस्थिति बन्यो।’

उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे।
उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहोर्‍याउने बताए।
उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गरे।

उनले भने, ‘अब उहाँले कुन सन्दर्भमा कसरी त्यो कुरा राख्नुभएको छ, उहाँको कुरा हो। तर कांग्रेस माओवादीसहितको दलहरू हामी पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरू यी एजेण्डामा टसमस नभएर ५ वर्ष अघि बढ्छौं। कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ। त्यो सपनामा मात्रै सम्भव छ।’

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको विस्तार हुने बताए।
उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार विस्तार हुने बताए। उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने बताए।

उनले भने, ‘सरकारको बारेमा हामीले छलफल प्रारम्भ गरेका छैनौं। प्रधानमन्त्रीजीले भन्नुभएको छ, उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको कुरा हुन्छ। अहिले हामी उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको केही दिनभित्र नै सरकार विस्तारको कुरा हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार अघि बढ्छ। कांग्रेस सहभागी हुन्छ।’

उपसभापति खड्काले द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत् नै अघि बढ्ने बताए।
उनले भने, ‘द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत् जसरी मुलुक शान्तिमा रूपान्तरण भयो, त्यसकै जगमा हामीले संविधान सभा गर्‍यौं। त्यही संविधान सभाको जगमा संविधान बन्यो। १२ बुँदे शान्ति सम्झौता गर्दा हामीले द्वन्द्वकालीन सबै खालका समस्याको समाधान कानून बनाएर ती आयोगहरूमार्फत् निरूपण गर्छौं भनेर जसरी सहमति भएको थियो, जुन जगमा मुलुक यहाँ पुगेको छ, त्यसैले संक्रमणकालीन न्यायको समाधान गर्ने प्रतिबद्धताअनुसार नै जान्छ। संक्रमणकालीन र द्वन्द्वसँग जोडिएका सबै विषय त्यहीँ गएर टुंगिन्छ।’

प्रधानमन्त्री दाहालविरूद्ध दर्ता भएको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com