६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

फागुन,२९ काठमाण्डौ । आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा एक लाख ४ हजार एक सय रुपैयाँ छ । हिजो एक लाख ३ हजार ५ सय रुपैयाँ थियो ।
सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
अमेरिकामा बेरोजगारीको संख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो ।