माओवादी धारका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा बीचको छलफल स्थगित
फागुन, ३० काठमाडौं । माओवादी धारका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल स्थगित भएको छ। छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए ।
गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो। तर स्थल व्यवस्थापना नभएको भन्दै आजको कार्यक्रम स्थगित भएको छ।