नेपाली क्रिकेट खेलाडीलाई जनही १ लाख रूपैयाँका दिने घोषणा
चैत्र,३ काठमाडौं । बाग्मती प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । बाग्मती प्रदेश सरकारले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको हो ।
क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनु भयो ।