नवनिर्वाचित उपराष्ट्रपतिले सोमवार शपथ ग्रहण गर्ने

चैत्र,५ काठमाण्डौ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भोलि पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भोली बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको थियो । चुनावमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो ।