बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप

चैत्र,५ काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको छ। नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको हो।

स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहोराले बताए । मतदानको क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्यास र हवाई फायर गरेको डीएसपी बोहोराले बताउनु भयो ।