एकीकृत समाजवादीको बैठक बस्दै
चैत्र,१४ काठमाडौं । मन्त्रीको विषयमा टुंगो लगाउन नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। मंगलबार दिउँसो १२ बजे पार्टीको सचिवालय बैठक बस्न लागेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको मन्त्रिपरिषदमा एकीकृत समाजवादीले एक राज्यमन्त्री सहित दुई वटा मन्त्रालय पाउने तय भएको छ। सरकारमा जाने निश्चित भए पनि समाजवादीले कसकसलाई मन्त्री बनाउने भन्ने टुंगो लागेको छैन।