भोलि बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धनको निर्णय
चैत्र,१५ काठमाडौं । सत्ता गठबन्धनको आज बसेको बैठकले भोली बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।
बैठकबारे जानकारी दिँदै जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद विस्तारबारे सैद्धान्तिक सहमति जुटेको र भोली बेलुकासम्म नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने बताए । ।
उनले बुधबार बसेको सत्ता गठबन्धनको दोस्रो बैठकले सरकारको न्युनतम साझा कार्यक्रममा लिखित र मौखिक सुझाबसमेत दिने काम भएको बताए ।