यी हुन् प्रचण्ड क्याविनेटका पाँच नयाँ मन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौँ पटक मन्त्रिरिषद् विस्तार गरेका छन् । दोस्रोपटक विश्वासको मत लिएपछि शुक्रबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरे पनि पूर्णता दिन सकेका छैनन् ।
प्रचण्डको मन्त्रिपरिषद्मा पहिलोपटक मन्त्री बनेका पाँच अनुहार छन् । एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्री बनेका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । नेकपा एसबाटै प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । कर्णाली प्रदेशको अर्थमन्त्री बनेका ज्वाला केन्द्र सरकारमा मन्त्री बनेका थिएनन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री बनेकी छिन् । उनी पहिलोपटक मन्त्री बनेकी हुन् । यसैगरी, कांग्रेसका रमेश रिजाल र सीता गुरुङ पनि पहिलोपटक मन्त्री बनेका छन् । रिजाल उद्योगमन्त्री र गुरुङ शहरी विकास मन्त्री बनेकी छिन् । यसअघि २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गुरुङ राज्यमन्त्री बनेकी थिइन् । शिलापत्र बाट