आन्दोलनकारीले तोडफोड गरे वडा कार्यालय
चैत्र,१७ काठमाडौं । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै र पहिचानको आधारमा पुनः नामकरण माग्दै सडकमा उत्रेका आन्दोलनकारीले आज इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० कार्यालयमा तोडफोड गरेका छन्।
पहिचानवादीहरूले वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा इटहरीमा तोडफोड गरेका हुन्।
तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका छन्। प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले ताला लगाएरहिँड्नासाथ प्रहरीले ताला फोडेपछि झडप भएको हो।