काठमाडौंको चन्द्रागिरिमा हिमपात
चैत्र,१८ काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सामान्य हिमपात भएको छ। आज काठमाडौंको चन्द्रागिरिमा हिउँ पर्नाले चन्द्रागिरि जाने भक्तालु रमाइ रहेको देखिन्छ। राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी बासु देव न्यौपानेले बताए ।
यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो। जाडो याममा हिउँ नपरेपनि अहिले भने हिउँ परेको छ।