वैद्य र धर्मेन्द्र नेतृत्वको पार्टीबीच एकता हुँदै
चैत्र,२४ काठमाडौं । मोहन वैद्य किरण नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच आज एकता हुने भएको छ।
इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज मध्याह्न १२ बजे कार्यक्रम गरी पार्टी एक भएको घोषणा गर्ने तयारीमा उनीहरू छन्।
उनीहरूले पत्रकार सम्मेलन गरी पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन्।