दाङमा डुबेर बेपत्ता भएका बालकको खोजी जारी
चैत्र,२४ काठमाडौं । दाङस्थित राप्ती नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी छ।
हिजोअपराह्न ४ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित राप्ती नदीमा नुहाउने क्रममा १३ वर्षीय विवेक सुनार डुबेर बेपत्ता भएका थिए।
नदीमा ४ जना बालक नुहाउन पसेको र त्यसमध्ये एक जना डुबेर बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख, प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले अर्का एक बालकलाई उनका साथीहरूले उद्धार गरे पनि सुनारको भने खोजी जारी रहेको बताए।