फेसबुक र टिकटकमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना प्रकाउ

चैत्र,२७ काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत एक युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले झापाको झापा गाउँपालिका–६ घर भएका २० वर्षीय कादिर मोमिनलाई पक्राउ गरेको हो।
मोमिनले नग्न तस्बिरमा एक युवतीको टाउको जोडेर फेसबुक तथा टिकटकमा राखेको पाइएको ब्यूरोका प्रवक्ता तथा एसपी पशुपति रायले बताए। युवतीको टाउको जोडेर नग्न तस्बिर राखी फेसबुक तथा टिकटक अकाउन्ट खोल्दै अश्लिल क्याम्सन समेत राख्ने गरेको पाइएको प्रहरीले बताएको छ ।