१०६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
चैत्र,२८ काठमाडौँ । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।