रवि लामिछानेका सवारी चालक घरबाट खसेर गम्भीर घाइते
बैशाख,४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका छन् ।
हिजो राति चितवनको भरतपुर-११ स्थित एक घरको तीन तलामाथिबाट खसेर रास्वपा सभापति लामिछानेका सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(३ का ३९ वर्षीय दिलबहादुर थापा गम्भीर घाइते भएका छन् ।
थापा आज बिहान ४ बजेतिर घरको छतबाट भुइँमा खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए । थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको र अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले बताएको छ ।