Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन

बैशाख,५ काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रर्दशन गरेका छन।
हिजो शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरूद्ध नाराबाजी गर्दै काठमाडौंको माइतीघरमा प्रर्दशन गरेका हुन। आफूहरूका माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरूले बताएका छन।

हिजो काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए। शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरूलाई सरकारले दमन गरेको भन्दै मिटर ब्याजविरूद्ध किसान(मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले आपत्ति जनाए। आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com