Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

नेटवर्क नहुँदा घरको भित्तामा मोबाइल झुड्याउँछन् हुम्ला र बाजुराका बासिन्दा

५ वैशाख, हुम्ला। हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् ।

जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।

सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।

फोन आउँछकी भनेर मोबाइल घरमा झुन्ड्याएर राखिएको होटल सञ्चालन गर्दै आएकी पञ्चाकली रोकायाले बताइन् । उनी भन्छिन्, ‘के गर्नु सर, झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीँ मात्र टावर आउँछ । आफन्तलाई कुरा गर्न पाइन्छ कि भनेर यसरी राखेको छौँ।’

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ ।

हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ ।बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ ।

अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com