स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड

बैशाख,८ काठमाडौं । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।
तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले बताए ।
गाडी तोडफोड भएबारे आज बिहान सवा ६ बजे मात्रै प्रहरीले सूचना पाएको थियो। सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो।
इन्सपेक्टर वि।कका अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेका हुन्। गाडिको साइडसाइडका सिसा फुटेको उनले जानकारी दिए।