चितवन क्षेत्र नम्बर २ मा १० बजेसम्म खस्यो १७ प्रतिशत मत
बैशाख १० काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको बताए ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।