चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरू
बैशाख,११ काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। आज दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो। इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको हो। बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो।
सर्वदलीय बैठकमा नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको आरोप लगाएका थिए। सिडिओले पनि सहमति जनाएपछि मतगणना गर्ने सहमति गरेको थियो।