रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी

बैशाख,१२ काठमाण्डौ । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले यसअघिको आफ्नै रेकर्डसमेत तोड्नु भएको छ ।
गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार १ सय ७६ मत पाउनु भएको छ ।
उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउनु भयो । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाउनुभयो ।