अयोग्य लडाकुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्छः सचिव देवेन्द्र पौडेल

बैशाख, १८ काठमाडौं ।नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरूलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन् । सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको २ लाख रुपैयाँ छिटोभन्दा छिटो दिइनुपर्ने बताए ।
उनले सो निर्णय यस अघिकै सरकारहरूले गरेको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताए । आयोग्य लडाकुहरूलाई २ लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए ।

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए । सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरूलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुने बताए ।
उनीहरूलाई राज्यले अलिअलि सम्झिँदाखेरी कर्मचारी, शिक्षक, प्रहरीको कुरा तेर्स्याउन आवश्यक छ र ? उनले अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ दिँदा अर्ब रुपैयाँ लागे पनि उनीहरूको योगदानका अगाडि त्यो रकम ठूलो नरहेको बताए ।