नेकपा माओवादी केन्द्रको बैठक जारी
बैशाख,२१ काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो ।
सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा पार्टी नेताहरूको सुझाव लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक छलफल गरेको नेता डोरप्रसाद उपाध्यायले जानकारी दिए । ‘प्रधानमन्त्री ज्यूले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा पार्टीबाट सुझाव लिन अनौपचारिक पदाधिकारी बैठक बोलाउनु भएको हो ।
पछिल्लो नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी एको विषयमा समेत छलफल हुने उपाध्यायले बताए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा एमाले उपाध्यक्ष रामबहादुर थापासहित सचिव टोपबहादुर रायमाझी मुछिएको विषयमा समेत बैठकमा एजेण्डा बनाएको हो ।