Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, एकजना पक्राउ 

facebook sharing button
sharethis sharing button

नेपाल प्रहरीले बैदेशिक रोजगाकारका लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–१०, गोरखा घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३१ वर्षीया सुदीप लामा तामाङ रहेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। 

तामाङले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने लोभ देखाएर ३१ लाख ठगी गरेको आरोप छ। उनले कम्बोडियाको प्रतिष्ठित कम्पनीमा कम्युटर अपरेटरमा काम लगाइदिने र मासिक दुई लाख पारिश्रमिक हुने  भनी तीन जनालाई ठगी गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उनले जानकारी दिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com