उडेको १८ मिनेटमै श्री एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा फर्कियो
बैशाख,२५ काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।
प्राविधिक गडबडी भएपछि उडेको १८ मिनेटमै उक्त विमान पुन: भैरहवा विमानस्थलमै अवतरण गरेको छ ।
भैरहवाबाट बिहान ९:३९ बजे काठमाडौं उडेको जहाज ९:५७ बजे भैरहवामै अवतरण भएको हो ।
जहाजमा ७५ जना यात्रु थिए ।