Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

पेरुको सुन खानीमा आगलागी, २७ जनाको मृत्यु

पेरु । पेरुमा जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको जानकारी दिएको छ । वक्तव्यमा मारिने २७ जना एउटै ठेकेदारका लागि काम गर्ने उल्लेख छ । 

सरकारी अधिकारीहरूले घटनाको जाँच भइरहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार दक्षिण अमेरिकाको अरेक्विपा क्षेत्रमा रहेको सो खानीमा सर्ट सर्किटका कारण आगलागी भएको थियो । स्थानीय सरकारले खानीभन्दा सबैभन्दा नजिकको प्रहरी कार्यालाय पनि ९० मिनेट टाढा रहेको र नजिकको सहर पनि कयौँ किलोमिटर टाढा रहेको बताएको छ । यसै कारण आपत्कालीन उद्धार अभियानमा कठिनाइ भएको थियो ।

पेरु विश्वको सबैभन्दा धेरै सुन उत्पादक देशहरू मध्येमा पर्दछ । यहाँ हरेक वर्ष १ सय टनभन्दा बढी सुन उत्पादन हुन्छ । पेरुले वैश्विक सुन उत्पादनको ४ प्रतिशत हिस्सा ओगट्छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com