क्यानडाद्वारा एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला
क्यानडा सरकारले टोरन्टोमा रहेका एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
देश निकाला गरिएका चिनियाँ कुटनीतिज्ञ चाओ वेईले आफ्नो संसद्का सदस्यलाई धम्की दिने योजनामा संलग्न रहेको क्यानडाको आरोप छ ।
सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएपछि चीनले हङकङमा चोङ र उहाँका आफन्तलाई उत्पीडन गर्ने प्रयास गरिरहेको समेत आरोप छ ।
क्यानडाका विदेशमन्त्री मेलानी जोलीले एक विज्ञप्ति निकालेर कुटनीतिज्ञ चाओ वेईको आवश्यकता नरहेको बताउनु भएकाे बीबीसीले जनाएको छ । क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ दूतावासले कुटनीतिज्ञलाई निष्काशन गरेकोमा निन्दा गरेको छ । एजेन्सी