धनगढीमा एक डाक्टर मृत फेला
जेठ,५ काठमाडौं । धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीय डा प्रसन्ना शाह मृत फेला परेकी छिन् ।
शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ ।