नीति तथा कार्यक्रममाथिको छलफल : बैठकमा छैनन् सांसद
जेठ,८ काठमाडौं । संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रमाथि छलफल चलिरहेको छ । बिहान ११ बजेदेखि सुरू भएको छलफल जारी छ । संसदमा सांसदहरू भने छैनन् ।
सभामुख देवराज घिमिरे र धारणा राख्ने सांसदहरू मात्र छन् । सांसदहरू आफ्नो धारना राख्दै बैठकबाट बाहिरिँदै गरेका छन् ।
संसद बैठक बसेको दिन सांसदहरूको लागि भत्ता र गाडी भाडाको व्यवस्था गरिएको छ । १ हजार भत्ता र १ हजार यातायातका लागि खर्च दिइने गरेको छ । बैठकमा आएर हाजिर गर्ने तर पूरा समय नबस्ने यो पुरानै रोग हो ।