भारतमा चल्ने छैनन् २००० का नोट, तर आजबाट साट्न भने सकिनेछ
भारतमा दुई हजारको नोटमा प्रतिबन्ध लागिसकेको छ ।
भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले दुई हजारको नोट नचलाउने र अब बजारमा नपठाउने घोषणा गरेसँगै मानिसहरूमा आफूसँग भएका दुई हजारका नोट के गर्ने भनेर द्विविधा बढेको थियो ।
आज मंगलबारदेखि भारतीय नागरिकहरूले ३० सेप्टेम्बरसम्म उक्त नोट साट्न सक्ने अथवा बैंकमा जम्मा गर्न पाउने बैंकले जानकारी दिएको छ ।
१९ मे अर्थात् गत हप्ताको शुक्रबारदेखि नै दुई हजारको नोट बजारमा पठाउन प्रतिबन्ध लागिसकेको छ । दुई हजारकाे नाेट छाप्न भने २०१९ मै बन्द भइसकेकाे थियाे ।
गत मार्च ३१ सम्ममा भारतमा ३ दशमलब ६२ लाख करोड भारु मूल्यका दुई हजारका नोट बजारमा थिए ।
यसअघि भारतमा २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाइएको थियो । त्यसपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो ।एजेन्सी