किसानलाई राज्यले अनुदान दिनुपर्छ: बाबुराम
जेठ,१० काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन् । आज माइतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले कृषि अर्थतन्त्र धराशायी बनेको बताए । आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उनले उल्लेख गरे ।