आज प्रतिनिधिसभा बैठक बस्दै
जेठ,१२ काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको छ। बैठक ११ बजे बस्दै छ ।
आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० /८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।