प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित
जेठ,१२ काठमाडौं । प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सभामुख देवराज घिमिरेले संसद बैठक २० मिनेटका लागि स्थगित गरेका छन्।
आज बैठकको सुरुमै एमालेले सत्तापक्षका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलाहरीको सट्टा पित्तलको जलाहरी हालेर भ्रष्टाचार गरेको आरोप प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि लगाएको भन्दै विरोध जनाएको थियो ।
एमालेले सत्ता पक्षका सांसद दाहालले संसद बैठकमै माफी माग्नुपर्ने र सरकारले पनि यसबारेमा जवाफ दिनुपर्ने माग राख्दै वेल घेराउ गरेको थियो । वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटपछि बस्ने गरी स्थगित गरेका हुन् ।