बालेनको व्यंग्य : वडाध्यक्षको काम गर्ने भए सांसद किन बन्नुहुन्छ माननीय ज्यूहरु!
जेठ, १६ काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसाद्हरुप्रति कटाक्ष गरेका छन्। उनले आज सामाजिक संजालमा अब सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले हिजो बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरेका थिए। यसको सर्वत्र आलोचना भइरहेको छ।
उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू ?