बजेटमाथि संसदमा छलफल जारी
जेठ, २५ काठमाडौं । प्रतिनिधि सभामा अहिले आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल भइरहेको छ। जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि केही दिनदेखि संसदमा छलफल जारी रहेको छ । छलफलमा विभिन्न दलका सांसदहरूले बजेटबारे आफ्नो धारणा राखिरहेका छन्।