सर्पदंशबाट एक जनाको मृत्यु
जेठ,२६ काठमाडौं । सिन्धुलीमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। दुधौली नगरपालिका-१० कुर्था बस्ने ६२ वर्षीया शिवकुमारी कार्कीको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए ।
उनका अनुसार आज बिहान साढे ५ बजे घरको पेटीमा हिँड्नेक्रममा अचानक सर्पले डसेको हो। उपचारको लागि उनलाई कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो।