म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन
इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ।हिजो राति टर्कीको इस्तानबुलमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो।
सिटीको जितमा रोद्रीले खेलको ६८ मिनेटमा गरेको गोल निर्णायक साबित भयो।यससँगै सिटीले ट्रबेल जितेको छ। यसअघि प्रिमियर लिग र एफए कपको उपाधि जितेको सिटी सन् १९९९ पछि ट्रेबल जित्ने पहिलो इंग्लिस क्लब बन्यो। पछिल्लो पटक इंग्लिस क्लबमा म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा ट्रेबल जितेको थियो।