६ किलोभन्दा बढी चरेससहित जर्मन नागरिक पक्राउ
जेठ,२८ काठमाडौं । ६ किलोभन्दा बढी चरेससहित एक जना जर्मन नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको प्रहरीले जनाएको छ। उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए। विमानस्थल प्रहरीले जाँच गर्दा सो चरेस बरामद भएको थियो। पक्राउपछि प्रहरीले लागुऔषध नियन्त्रण ब्यरोको जिम्मा लगाएको थियो।